दफा १६२
विवेकपूर्ण र होसियारीपूर्वक सम्पत्तिको रेखदेख र संरक्षण गर्नु पर्ने

(१) माथवरले आफ्नो माथवरीमा रहेको व्यक्तिको सम्पत्तिको रेखदेख र संरक्षण विवेकपूर्ण र होशियारीपूर्वक गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम सम्पत्तिको रेखदेख र संरक्षण नगरेको कारणबाट माथवरीमा रहेको व्यक्तिको सम्पत्ति कुनै किसिमले हानि, नोक्सानी भएकोमा सम्बन्धित माथवर जवाफदेही हुनेछ। तर विपद्परी त्यस्तो सम्पत्ति हानि, नोक्सानी भएकोमा निज जवाफदेही हुने छैन ।
(३) उपदफा (१) बमोजिम माथवरले सम्पत्तिको रेखदेख र संरक्षण नगरेको उजुरी परेमा अदालतले सम्बन्धित व्यक्तिलाई माथवरबाट हटाउन सक्नेछ ।